आज डोलश्वर मन्दिर भक्तजनको लागि खुल्ला

आज डोलश्वर मन्दिर भक्तजनको लागि खुल्ला

  • सोमवार, बैशाख २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

भक्तपुर, २७ बैशाख  ।

वर्षको तीन दिन मात्र भक्तजनहरुको लागि खुल्ला हुने भक्तपुरको सिपाडोलमा अवस्थित केदारनाथको शिर डोलश्वर मन्दिरमा आज अक्षय तृतीयाका दिन खुल्ला गरिएको छ ।

आज अक्षय तृतियाका दिन बिहानैदेखि भक्तजनहरुको लागि मन्दिरका चारै ढोका खुल्ला गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा बिकास समितिले जनाएको छ । समितिका अनुसार सो मन्दिर भक्तजनहरुका लागि अक्षय तृतीया, भदौ ६ गते र शिवरात्रीका दिन मात्र मन्दिर खुल्ला गरिन्छ ।

पछिल्लो समयमा धार्मिक क्षेत्रका रुपमा परिचित डोलेश्वर मन्दिरमा पूजा आजा गर्न उपत्यका लगाएत आसपासका जिल्लाबाट समेत भक्तजनहरु बिहानै देखि मन्दिरमा आएका थिए । यसैगरी आज जौको सातु र सर्वत दान गरी आज अक्षय तृतीया पर्व मनाइन्छ ।

हिन्दु धर्मावलम्बीले हरेक वर्ष वैशाख शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिन्छ । यो दिन खँुदो र महको सर्वत तथा जांैको सातु खानाले गर्मीयाममा शरीर स्वस्थ राख्न र पानीको मात्रा बढाउन सहयोग पुग्ने विश्वास गरिन्छ ।

यस्तै बुढाबुढीलाई छाता, लौरो र कपडाको जुत्ता दान गर्ने प्रचलन पनि रहि आएको छ । आज गरिएका सबै सत्कर्महरुले अक्षय पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ । आजैका दिन महादेव र हिमालय पुत्री पार्वतीको बिबाह भएको किंबदन्ती रहेको छ । आजको दिन बिबाहका लागि लगन जुराइरहनु नपर्ने ज्योतिषहरु बताउछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ