जनकपुर, २७ वैशाख ।
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागी राष्ट्रिय सहमतिको सरकार आवश्यक रमेकोमा जोड दिनुभएको छ ।
पार्टी निकट किसानको राष्ट्रिय भेलालाई सम्बोधन गर्न आज बर्दिवास जाने क्रममा जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय सहमतिको सरकार निर्माणमा जोड दिनुभएको हो ।
राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न आफुहरु प्रयासरत रहेको भन्दै उहाले भन्नुभयो , ’सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटको विषय टुंगो लागिसकेपछि फेरि राष्ट्रिय सहमतिको प्रयास सुरु हुन्छ ।’
दाहालले मधेशी मोर्चालाई सरकारले वार्ताको लागि औपचारिक पत्र पठाइसकेको बताउँदै मधेसी र जनजातिको समस्या समाधान गर्ने प्रयास पनि सुरु भएको दाबी गर्नुभयो ।
उहाले सरकारको पत्रलाई आधार मानेर तत्काल वार्तामार्फत सहमतिको प्रयासमा जुट्न मधेसी मोर्चाका नेताहरुलाई आग्रह समेत गर्नुभयो ।
सरकारले औपचारिक पत्र पठाएको स्मरण गराउदै प्रचण्डले फेरि सरकारमाथि नै अल्मल्याउने र समय खेर फाल्ने काम मोर्चाले गरीरहेको छ ,आरोप लगाएर पन्छिन मिल्दैन’ ।