काठमाडौ २७ वैशाख ।
महोत्तरीको बर्दिबासमा आज बिहान भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
ईंट्टा लिएर बर्दिबासबाट सिन्धुलीका लागि छुटेको ज १ त १४७७ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर बर्दिबास ४ पाटुमा दुर्घटना हुँदा चालक महोत्तरी औरहीका २५ वर्षीय बिनय सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका सदाको उपचारका क्रममा जनसेवा अस्पताल बर्दिबासमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline