लिभरपुलद्धारा वाट्फोर्ड २–० ले पराजित

लिभरपुलद्धारा वाट्फोर्ड २–० ले पराजित

  • सोमवार, बैशाख २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौ २७ वैशाख ।  

इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले वाट्फोर्डलाई २–० ले पराजित गरेको छ । खेलको ३५ औं मिनेटमा जोए एलेनले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए ।

पहिलो हाफमा १–० ले अघि रहेको लिभरपुलका लागि ७६ औं मिनेटमा रोबर्टो फिरमिनोले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र लिभरपुल २–० ले विजयी भयो ।

जितपछि आठौं स्थानको लिभरपुलको लिगको दुई खेल बाँकी छँदा ५८ अंक भएको छ । ३६ खेलबाट ४४ अंक जोडेको वाट्फोर्ड १३ औं स्थानमा छ ।

गएराति नै सम्पन्न अन्य खेलमा चौथो स्थानको म्यानचेस्टर सिटी तेस्रो स्थानको आर्सनलसँग २–२ को बराबरीमा रोकिएको छ ।

आसर्नलका लागि ओलिभर जिरउड र एलेक्स सान्चेजले एक एक गोल गरे भने म्यानचेस्टर सिटीका लागि सर्जियो अग्युरो र केविन डी ब्राउनले एक एक गोल गरे ।

बराबरीपछि लिगको एक खेल बाँकी हुँदा म्यानचेस्टर सिटीको ६५ अंक भएको छ । दुई खेल बाँकी रहेको म्यानचेस्टर युनाइटेडको ६३ अंक छ । तेस्रो स्थानको आर्सनलको एक खेल बाँकी हुँदा ६८ अंक भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी