काठमाडौ २७ वैशाख ।
जौको सातु र सर्वत दान गरी आज अक्षय तृतीया पर्व मनाइदैछ । हिन्दु धर्मावलम्बीले हरेक वर्ष वैशाख शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिन्छ ।
यो दिन खुदो र महको सर्वत तथा जौको सातु खानाले गर्मीयाममा शरीर स्वस्थ राख्न र पानीको मात्रा बढाउन सहयोग पुग्ने विश्वास गरिन्छ ।
यस्तै बुढाबुढीलाई छाता, लौरो र कपडाको जुत्ता दान गर्ने प्रचलन पनि रहि आएको छ । आज गरिएका सबै सत्कर्महरुको अक्षय पुण्य प्राप्त हुने विश्वास गन्छि ।
आजैका दिन महादेव र हिमालय पुत्री पार्वतीको बिबाह भएको विश्वास गरिन्छ । यसदिन बिबाहका लागि लगन जुराइरहनु नपर्ने ज्योतिषहरु बताउछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline