काठमाण्डौ २६ वैशाख । खेलकुद पत्रकार मञ्च कास्कीले पोखरा स्पोर्टस् अवार्ड(२०७२ को विभिन्न विधाको मनोनयन सार्वजनिक गरेको छ ।
आगामी जेठ १ गते पोखरा सभागृहमा हुने अवार्ड वितरणअघि मञ्चले आज मनोनयन सार्वजनिक गरेको हो ।पहिलो पटक अवार्ड गर्न लागेको मञ्चले लाइफ टाइम अचिभमेन्ट अवार्ड पूर्व राष्ट्रिय फुटवल खेलाडी तथा प्रशिक्षक कृष्ण थापालाई प्रदान गर्ने भएको छ ।
जुरी कमिटीको निर्णयलाई मञ्चको पूर्ण बैठकले पारित गरेपछि सार्वजनिक गरिएको हो । त्येसैगरी अन्य ४ विधामा भने ३र३ जनाको मनोनयन सार्वजनिक गरिएको छ । उत्कृष्ट वर्ष खेलाडी पुरुषतर्फ हेमन्त गुरुङ (फुटबल), सुरेश गुरुङ (शारीरिक सुगठन) र अशिम शेरचन (आर्चरी) परेका छन् ।
त्यस्तै, उत्कृष्ट वर्ष खेलाडी महिलातर्फ उसुकी झरना गुरुङ, भलिवलकी मञ्जु गुरुङ र भलिवलकै अरुणा शाही मनोनयनमा परेका छन् ।
यसैगरी, वर्ष उत्कृष्ट प्रशिक्षकमा फुटवलका शम्भु केसी, भलिवलकी कौशिला खत्री र कराँतेका सुरेन्द्र गुरुङ मनोनयनमा परेका छन् । यस्तै, उदीयमान खेलाडीतर्फ टेनिसका अभिषेक बास्तोला, एथ्लेटिक्स तथा भलिवल खेलाडी शशी चौधरी र एथ्लेटिक्स तथा भलिवलकै ममता डगौरा मनोनयनमा परेका छन् ।
मञ्चले वर्ष खेलाडी पुरुषरमहिला दुवैमा नगद २५र२५ हजार रुपैयाँ तथा उत्कृष्ट प्रशिक्षक एवम् उत्कृष्ट नवप्रतिभालाई जनही १० हजारसहित ट्रफी प्रदान गर्नेछ ।