काठमाडौ वैशाख २६ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सरकारले वार्तामा आउन पुनः औपचारिक पत्र पठाएको छ । नेपाल सरकारको वार्ता समितिका संयोजक रहेका उप–प्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले पत्र लेखी वार्तामा आउन आग्रह गर्नूभएको हो ।
वार्ता कहिले र कहाँ गरिने भन्ने कूनै उल्लेख गरेको छैन । पत्रमा वार्ताको मिति दुवै पक्षको सहमतिमा तोकिने बताइएको छ ।
यसअघि, सत्तारुढ दल नेकपा एमाले र एमाओवादीबीच भएको ११ बुँदै सम्झौतामा तराई मधेसको समस्या समाधान गर्ने सहमति भएको थियो । आन्दोलनको स्वरुप परिवर्तनपछि मोर्चालाई वेवास्ता गर्दै आएको सरकारले सोही सहमतिअनुरुप पुनः वार्तामा बोलाएको हो ।
पत्रमा मोर्चाले गरेको आन्दोलनको स्वरुप परिवर्तनलाई पनि सकारात्मक रहेको उल्लेख गरिएको छ । मुलुकको आर्थिक विकास र पुनर्निर्माणका लागि नेपालका सबै राजनीतिक दलहरु एकै ठाउँमा आउुनर्पे बताउँदै मोर्चालाई वार्तामा आउन आह्वान गरिएको छ ।