पाथीभरा देबी मन्दिरको भेटी महिना नबित्दै साढेँ चौध लाखबढी संकलन

पाथीभरा देबी मन्दिरको भेटी महिना नबित्दै साढेँ चौध लाखबढी संकलन

  • आइतवार, बैशाख २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 15.7K
    SHARES

ताप्लेजुङ ,२६ वैशाख ।  
ताप्लेजुङको प्रसिद्ध पाथीभरा देबी मन्दिरको पछिल्लो भेटी एक महिना नबित्दै साढेँ चौध लाखबढी संकलन भएको पाथीभरा मन्दिर भेटीघाटी व्यवस्थापन समितिले सार्बजानिक गरेको छ ।
पाथीभरा क्षेत्र विकास समिति र पाथीभरा मन्दिर संरक्षण तथा संबद्र्धन समितिको सहकार्यमा मन्दिरको भेटीघाटी संकलन तथा सार्बजानिक गरिदै आएको छ ।
पछिल्लो समय २०७२ साल चैत्र ३० गते सार्बजानिक गरिएको भेटी २०७३ साल बैशाक २२ गतेसम्म १४ लाख ४४ हजार एकसय पचास नेपाली रुपैयाँ र ३७ हजार भारतीय रुपैयाँ संकलन भएको छ ।
विभिन्न स्थानबाट आएका तिर्थालुबाट चढाईएको सुन र चाँदीका विभिन्न सामाग्रीहरू पनि संकलन भएको छ । सुन तिलरी २ थान, जन्तर २, जुनकीरी १, सिक्री २, औँठी २, छाता ३, टप ४, टीका २८, त्रिशुल ७, शिरबन्दी १, फुली ३, तार २, मुर्ती १ र नत्थी ८ थान संकलन गरिएको छ ।
चाँदीको दियो ५९, कलस ४, अंखोरा ३, छत्री १९, घण्टी २, पाथी २, सिक्री ४, चुरा ६, मुर्ती २, पैसाको माला ३, पाउजु २६ र खुकुरी ३ थान संकलन भएको छ ।
पाथीभरा मन्दिरको भेटी निरन्तर सार्बजानिक गर्दै जाने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक उदय भट्टराईले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी