भक्तपुर, २६ बैशाख ।
उपप्रधान तथा उर्जा मन्त्री टोप बहादुर रायमाझीले बजेट आउनु अगाडि सरकार परिवर्तन नहुने बताउनु भएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उहाँले सरकार बनाउने र ढाल्ने क्रम शुरु भएता पनि बजेट आउनु अघिसम्म सरकार परिवर्तन नहुने बताउनु भएको हो ।
उपप्रधानमन्त्री रायमाझीले नीति तथा कार्यक्रमको सम्पूण तयारी भईसकेको र सरकार परिवर्तनले सबै क्षेत्रलाई प्रभाव पार्ने भएकाले समेत राजनीतिक समिकरणमा कुनै परिवर्तन नहुने बताउनु भयो ।
नेपालको संसदमा सबैभन्दा ठूलो पार्टी काँग्रेस भएकाले र उ सरकारमा नरहेको अवस्थाका कारण सरकार परिवर्तनका लागि उसले गर्ने कसरत समेत स्वाभाबिक रहेको उहाँको भनाई छ । उपप्रधानमन्त्री रायमाझीले वर्तमान समयमा सरकार गिराउने र बनाउने भन्दा पनि राष्ट्रिय सरकारको आवश्यकता रहेको बताउनु भयो ।
बहुमतीय प्रणालीमा सरकार परिवर्तन भए पनि कुनै परिवर्तन नहुने भएकाले सकेसम्म काँग्रेसलाई समेत समेटेर राष्ट्रिय सरकार निमार्णमा लाग्नु पर्नेमा उहाँले जोड दिनु भयो । राष्ट्रपतिको भारत भ्रमण र राजदुत फिर्ता बोलाउने काम कुटनीतिक पहल भएको भन्दै उहाँले प्राकृतिक प्रकोप र नेपालको आन्तरिक राजनीतिका कारण भ्रमण रोकिएको टिप्पणी गर्नु भयो ।
उहाँले सरकारलाई असफल भयो भन्नु गलत हुने बताउँदै सरकारले भुकम्प त्यसपछिको मधेश आन्दोलन र अघोषित नाकाबन्दीका कारण सोचअनुसार काम गर्न नसक्नुलाई सरकार असफल भयो भनि टिप्पणी गनु गलत हुने बताउनु भयो ।
उपप्रधान मन्त्री नेपालका लागि सुहाउँदो नभएता पनि जनताको जनादेश भएको बताउँदै उपप्रधानमन्त्री रायमाझीले भन्नु भयो जनताले कसैलाई बहुमत नदिएका कारण जनताकै आदेशमा छ उपप्रधानमन्त्रीको आवश्यकता भएको औंल्याउनु भयो ।
पछिल्लो समय एमाओबादी र बैद्य पक्ष बीचको एकताको कामले तिब्रता पाएको भन्दै अव छिट्टै नै दूई पार्टी एक हुने उहाँले दाबी गर्नुभयो । उर्जाको प्रबर्धनमा नेपाल सरकार लागि परेको बताउँदै उहाँले नेपालीले भोग्नु परेको लोडसेडिङ अव छिटो भन्दा छिटो अन्त्य गर्न सरकार लागि परेको बताउनु भयो ।