काठमाडौ २६ वैशाख ।
आज विश्व रेडक्रस दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । रेडक्रस सोसाइटीका संस्थापक जाँ हेनरी ड्युनाको सम्झनामा हरेक वर्ष मे ८ तारीखमा यो दिवस मनाउने गरिन्छ ।
दिवसको यस वर्षको नारा रेडक्रस सबै ठाउँमा , सबैका लागि भन्ने तय गरिएको छ । दिवसका अवसरमा रेडक्रससँग आवद्ध सरकारी तथा गैरसरकारी संस्थाहरुले आज विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटीले दिवसका अवसरमा आज चेतनामूलक ¥याली, विभिन्न प्रतियोगिता तथा रक्तदान कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।
अन्तर्राष्ट्रिय मानवीय सहायता, मानव जीवन र स्वास्थ्यको रक्षा, सबैप्रति आदर र विपद्लाई कम गर्ने उद्धेश्यका साथ स्थापना भएको यस संस्थामा अहिले विश्वका झण्डै २ करोड मानिस स्वयम्सेवकका रुपमा कार्यरत छन् ।
नेपालमा वि. सं. २०२० सालमा स्थापना भएको रेडक्रस सोसाइटीको सबै जिल्लामा शाखा र १ हजार भन्दा बढी उपशाखाहरु छन् । अहिले नेपालमा११ लाखभन्दा बढी स्वयंसेवक रेडक्रममा आवद्ध छन् ।
दिवसका अवसरमा जिल्ला शाखा तथा उपशाखाले देशैभरी ¥याली, रक्तदान, विपद् व्यपस्थापन सम्बन्धी जनचेतना जगाउने कार्यक्रमहरु आयोजना गर्दैछन् ।