काठमाण्डौ ,२५ वैशाख ।
अल्का अस्पतालले आज उपत्यकाका टाफिक प्रहरीलाई लक्षित गरी आयोजना गरेको एक दिने निशुल्क स्वास्थ्य सिविर सम्पन्न भएको छ ।
रामशाह पथ स्थित ट्राफिक महाशाखामा आज आयोजित शिविरमा उपत्यकाका तीन वटै जिल्ला काठमाण्डौ ,ललितपुर र भत्तपुरमा कार्यरत तीन सय ३८ जना ट्राफिक प्रहरीले सेवा लिएका थिए ।
शिविरमा नाक कान ,घाटि , जनरल फिजिसियन , छाति रोग ,छाला रोग ,अर्थोपेडिक , आँखा रोग तथा स्त्री रोग सम्बन्धीका बिरामिहरुको बिशेषज्ञ डाक्टरहरुले परिक्षण गरेका थिए ।
अल्का अस्पतालले ओपिडिमा प्रयोग हुने सबै उपकरणको प्रयोग गरि बिशेषज्ञ डाक्टरहरुद्धारा विरामीहरुको गर्नुका साथै निःशुल्क औषधि वितरण समेत गरेको सिविरका व्यावस्थापक किरण अमात्यले बताउनु भयो ।
यस्तै सिविरमा गइ परिक्षण गराउनेहरुलाइ १५ दिन सम्म निशुल्क फलो अप गरिनुका सार्थ डाक्टर द्धारा सिफरिस गरएिका टेस्टमा २० प्रतिशत छुटको व्यवस्था गरीएको छ ।
प्रत्येक वर्ष अल्काले ट्राफिक प्रहरी महाशाखा संगको सहकार्यमा उपत्यकाका ट्राफिक प्रहरीहरुलाइ सवै प्रकारका रोगको निशुल्क स्वास्थ्य परिक्षण गरीनुका साथै औषधि वितरण गर्ने गरेको अस्पतालका अध्यक्ष कुमार थापाले वताउनुभयो ।
उहाँले सडकमा उभिएर काम गर्दा धुवाँ धुलोका कारण ट्राफिकलाइ स्वास्थ्य समस्या हुने भन्दै सवै अस्पतालहरुले उनिहरुलाइ लक्षित गरी यस्ता सिविरहरुको आयोजन गर्नुपर्नेमा जोड दिनुभयो ।
सोहि स्वास्थ्य सिविरमा परिक्षण गराउन पुगेका महानगरीय ट्राफीक प्रहरी महाशाखा अपरेशन प्रमुख डिएसपी ज्ञानेन्द्र पाख्रिनले अल्काले महाशाखा मा नै उपकरण सहित ओपिडि नै सञ्चालन गरी निशुल्क स्वास्थ्य परिक्षण गराँउदा ट्राफिक प्रहरीलाइ निकै लाभदायक भएको वताउनु भयो ।
आफुले पनि शिविरमा परिक्षण गराएको बताउदै उहाले सडकमा दिनभरी बसेर काम गनुपर्ने भएकाले धुवा धुलोका कारण धेरैको स्वास्थ्यमा समस्या देखिने गरेको बताउनु भयो ।
शिविरमा स्वास्थ्य परिक्षण गराउनेहरुमा बढी नाक ,कान ,घाटी , हड्डीको समस्या ,ढाड तथा पैताला दुख्ने समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
यस्तै महिलाहरुमा भने युरिन ईन्फेक्सन बढी मात्रामा पाईएको छ ।
सार्वजनिक सौचालय नहुदा ड्युटिका बेला पानी कम खाने गरेका कारण पनि युरिन ईन्फेक्सन बढी देखिने गरेको भनाई छ ।












