कन्चानपूरको संगम होटलमा दुई कामदारको हत्या

कन्चानपूरको संगम होटलमा दुई कामदारको हत्या

  • शुक्रबार, बैशाख २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौ ,२४ वैशाख ।
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरस्थित एक होटलमा गएराति दुई कामदारको हत्या भएको छ ।

महेन्द्रनगरको गल्ली नम्बर–४ मा रहेको संगम होटलका दुई जना कामदारको होटलमै हत्या भएकोे प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा होटलका कामदार ४५ वर्षीय कृष्ण सिंह विष्ट र २० वर्षीय भीम रोकाया रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता केदार खनालले जानकारी दिनुभयो ।

घटनामा अर्का कामदार ४२ वर्षीय पदमराज जोशी घाईते भएका छन् । घाईतेको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

घटनाको प्रकृति हेर्दा हत्या नै भएको र घाईतेको अवस्था सुधार भए अनुसन्धान गर्न सजिलो हुने प्रहरी प्रवक्ता खनालले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ