डडेल्धुराको बागबजारमा भीषण आगलागी, ८ जना घाईते

डडेल्धुराको बागबजारमा भीषण आगलागी, ८ जना घाईते

  • शुक्रबार, बैशाख १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौ ,१७ वैशाख । 

डडेल्धुराको सदरमुकामस्थित बागबजार क्षेत्रमा आज बिहान भीषण आगलागी भएको छ । विहान करिब साढे सात बजेबाट बजारकै एक किरान पसलबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।

स्थानीय पाण्डे किराना पसलबाट सल्किएको आगो फैलिदा बजारको तल्लो क्षेत्र आसपासका पसलहरु जलेर नष्ट भएका छन् । आगो नियन्त्रणमा लिने क्रममा ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्लाको अमरगढि नगरपालिकाको दमकल समेत बिग्रीएकाले आगो निभाउन समस्या भएको छ । आगलागी नियन्त्रणमा लिन नजिकैका घरहरु भत्काउन थालिएको जिल्ला प्रहरी कार्यलय डडेलधुराले जनाएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । गत वर्षपनि बागबजारको माथिल्लो क्षेत्रमा भीषण आगलागी हुदा करोडौँको क्षति भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ