काठमाण्डौ ,१६ वैशाख ।
व्यवस्थापिका संसदको राज्यव्यवस्था समितिले सामान्य प्रशासन मन्त्रालयलाई चालु आर्थिक बर्षको सम्पुर्ण कार्यप्रगति सात दिन भित्र पेस गर्न निर्देशन दिएको छ ।
सिंहदरबारस्थित समिति कार्यलयमा आज बसेको बैठकले मन्त्रालयको चालु आर्थिक बर्षको कार्यप्रगती तथा आगामी आर्थिक बर्षका लागी निती तथा कार्यक्रमको प्राथमिकताहरु लिखित रुपमा उपलब्ध गराउन निर्देशन दिएको हो ।
यस्तै निजामती सेवा अन्तरगतका आधिकारीक ट्रेड युनियनहरुको निर्वाचनको मिति पटक पटक परिवर्तन भएको तर्फ समेत ध्यानाकर्षण भएको जनाएको छ ।
ट्रेड युनियनको अब जेठ १९ गते तय भएको निर्वाचन मिति परिवर्तन नगर्न पनि बैठकले मन्त्रालयलाई निर्देशन दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline