काठमाडौ , १६ वैशाख ।
एकिकृत नेकपा माओवादीका स्थाई समिति सदस्यहरुले विचार मिल्ने कम्युनिष्ट पार्टीहरुलाई एकै ठाउमा ल्याउन नेतृत्वलाई सुझाव दिएका छन् ।
लाजिम्पाट स्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा आज बिहान बसेको बैठकमा बोल्ने सदस्यहरुले पछिल्लो समय पार्टी कमजोर भएको भन्दै यथासक्य छिटो पार्टी एकिकरण गर्न सुझाव दिएका हुन् ।
उनीहरुले पार्टी एकिकरणका लागी तत्काल पहल सुरु गर्न पनि माग गरेका छन् । यस्तै आजको बैठकमा अन्य बिषयमा पनि छलफल भएको बताईएको छ । बैठक भोली बिहान ८ बजे पुन बस्ने बताईएको छ ।
भोलीको बैठकमा ससद अघिवेशन आह्वान भएको अवस्थामा बोलाइएको बैठकमा आगामी आर्थिक वर्षको बजेट, निति तथा कार्यक्रका बारेमा छलफल हुने बताईएको छ ।
भोलीको बैठकले आगामी वैशाख २१ गतेबाट सुरु हुने संसदको बजेट अधिवेशनमा पार्टीको भूमिकाका साथै आगामी निति तथा कार्यक्रम तय गर्ने जनाएको छ ।