काठमाण्डौ, १५ बैशाख ।
ताजिकिस्तानमा जारी एएफसी यु–१४ महिला क्षेत्रीय च्याम्पियनसिप फुटबलमा नेपालले खराब सुरुआत गरेको छ ।
नेपाल आज भारतसँग ९–० को फराकिलो अन्तरले पराजित भएको छ । खेल शुरु भएको पहिलो मिनेटदेखि नै गोल खान थालेको नेपालले मध्यान्तरसम्म ७ गोल खान पुग्यो भने मध्यान्तरपछि नेपालले थप दुई गोल खाएको थियो ।
रज्जु खड्काको कप्तानीमा मैदानमा उत्रिएको नेपाली टिमले मध्यान्तरपछि केही संयमित र आक्रामक खेल खेलेपनि गोल भने फर्काउन सकेन ।
नेपालले समूहको अर्को खेलमा बिहीबार बंगलादेशसंग खेल्नेछ । यो खेलमा फराकिलो जित हासिल गरेमात्र नेपाल सेमिफाइनलमा पुग्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline