काठमाडौ १५ वैशाख ।
ताजकिस्तानमा जारी चौध वर्ष मुनिको दक्षिण तथा मध्यक्षेत्रीय महिला फुटबल प्रतियोगितामा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।हिजोबाट सुरु भएको प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा भारतको सामना गर्न लागेको हो । खेल नेपाली समय अनुसार बेलुकी पौने पाँच बजेपछि सुरु हुनेछ ।
आजको खेलमा जीत हात पार्न सके नेपाल एक खेल खेल्न बााकी छाँदै प्रतियोसगताको सेमिफाइनल पुग्नेछन् । सात राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा नेपाल समुह बी मा छ ।
नेपाल रहेको समुहमा भारतसँगै गत वर्षको विजेता टोली बंगलादेशपनि छ । यस्तै समुह ए मा ताजकिस्ता, इरान, कीर्गिस्तान र भूटान छन् ।
लिगकम नकआउटका आधारमा हुने खेलमा प्रतयेक समूहकम शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । नेपालले दोस्रो खेलमा आगामी बिहीबार बंगलादेशसँग खेल्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline