आगलागीमा परी दुइ बालबालिकाको मृत्यु

आगलागीमा परी दुइ बालबालिकाको मृत्यु

  • बुधबार, बैशाख १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौ १५ वैशाख ।
बागलुङको बोहरागाउँमा आगलागीमा परेर एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ ।

जिल्लाको बोहरागाउँ ७ का हिमबहादुर घर्तीको घरमा गएराति लागेको आगोले जलेर घर्तीका ६ वर्षीय छोरी समुन्द्र र ३ वर्षीय छोरा मनोजको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घर्तीको ढुंगाले छाएको घर र गोठ पूर्णरुपमा नष्ट भएको छ । आगलागीको कारण थाह हुन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

प्रहरी र स्थानीय बसिन्दाको सहयोगमा अबेर राति आगो नियन्त्रणमा लिएको थियो । घटनास्थल सदरमुकाम देखि १ सय २० किलोमिटर पश्चिममा पर्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ