सल्यानको छायाक्षेत्रमा एकै परिवारका चार जनाको हत्या

सल्यानको छायाक्षेत्रमा एकै परिवारका चार जनाको हत्या

  • बुधबार, बैशाख १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

सल्यान ,१५ वैशाख ।
सल्यानको छायाक्षेत्रमा आज एकै परिवारका दुई वालबालीका सहित चार जनाको हत्या भएको छ ।

छायाक्षेत्र ९ रानागाउँकी २२ बर्षीकी सिता खान ,उनकी छोरीहरु दुई बर्षीया पवित्रा तथा डेढ बर्षिया सविताको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै सिताकी बहिनी मार्के घर भएकी १८ बर्षिया पवित्रा गिरीको पनि हत्या भएको सल्यानका प्रहरी प्रमुख डिएसपि श्यामबहादुर खत्रीले बताउनु भयो ।

चारै जनाको घरमै हत्या भएको अवस्थामा शव फेला परेको र घटनाबारे अनुसन्धान भईरहेको उहाले बताउनु भयो ।

उनीहरुको बलात्कारपछि गएराति हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । घटनास्थलबाट प्रहरीले एक थान मोबाईल सेट फेला पारेको छ । सीताका श्रीमान हाल रोजगारीका लागी भारत गएको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ