काठमाडौ १५ वैशाख ।
पत्नी आरजु देउवाको उपचारका लागि भारत जानु भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किदै हुनुहुन्छ ।
सभापति देउवा अपरान्न ३ बजे जेट एयरलाइन्सको विमान मार्फत स्वदेश फर्कने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जनाएको छ ।
उहाँ पत्नी आरजुको उपचारका लागि गत वैशाख ६ गते भारतको नयाँ दिल्ली जानु भएको थियो । आरजुको भारतको हरियाणास्थित फोट्जी अस्पतालमा हिप रिप्लेसमेन्ट सर्जरी गरिएको छ ।
आरजु रेगुलर फलोअपका लागि अझै तीन साता दिल्लीमै बस्नु हुने बताइएको छ । भारतमा रहनु हुदा देउवाले भारतीय विदेशमन्त्री शुष्मा स्वराज बाहेक अन्य राजनितिक भेटघाट गर्नु भएन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline