काठमाडौ १४ वैशाख ।
सरकारले भूकम्प प्रभावित जिल्लाहरुमा बर्षा अगावै सामुहिक आवास बनाउने तयारी गरेको छ । वर्षा अघि स्थायी आवास निर्माण असम्भव भएपछि साझा आवास बनाउने तयारी थालेको हो ।
भूकम्प प्रभावित एउटा गाउँमा एक एक ओटा आवास निर्माण गर्ने गरी गृहकार्य सुरु गरेको पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।
जेठको अन्तिमसम्ममा साझा आवास बनाउने गरि सरकारले काम सुरु गरेको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।
शहरी विकास मन्त्रालयले त्यसको प्रक्रिया अघि बढाएको र प्राधिकरणले पैसा निकासा गर्न लागेको उहाँको भनाई छ । एउटा साझा सेल्टरमा कम्तिमा २० परिवार बस्ने मिल्नेगरि बनाउने तयारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline