लोडसेडिङ घटाउने प्राधिकरणको तयारी

लोडसेडिङ घटाउने प्राधिकरणको तयारी

  • मङ्लबार, बैशाख १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ १४ वैशाख । 

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय घटाउने तयारी गरेको छ । केहिदिन भित्रै दिनको दुई घण्टा लोडसेडिङ घटाउने गरी गृहकार्य भइरहेको प्राधिरकरणका प्रवक्ता मुकुन्द काफ्लेले बताउनुभयो ।

उहाँका अनुसार अहिले दैनिक ११ घण्टा लोडसेडिङ हुँदै आएकोमा अब दिनको ९ घण्टासम्म विद्युत कटौती गर्ने गरी नयाँ तालिका सार्वजनिक गर्ने तयारी छ ।

यो महिनाको पहिलो हप्तामै लोडसेडिङ घटाउने तयारी भए पनि गर्मी र सुख्खाका कारण तराईका जिल्लामा विद्युत वितरण बढाउनु परेकाले ढिलाई भएको प्राधिकरणको भनाई छ ।

जनकपुर भैरहवा, नेपालगन्ज लगायत तराईका क्षेत्रमा गर्मी बढेकाले पंखा चालउन प्राधिकरणले त्यहाँ बिजुलीको वितरण बढाएको हो । अहिले तराईका जिल्लामा दैनिक ७÷८ घण्टा मात्रै लोडसेडिङ हुने गरेको काफ्लेले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ