काठमाडौ १४ वैशाख ।
स्याड्जामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य चारजना घाइते भएका छन् ।
हेलुबाट ढुङ्गा लिएर वालिङतर्फ जादै गरेको ग १ त २५५७ नम्बरको ट्र्याक्टर गएराति भिरकोट ५ हेलुमा दुर्घटना हुँदा भिरकोट ३ का २० वर्षीय विनोद माझी र १४ वर्षीय रोमकान्त बोटेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका माझी र बोटेको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक उत्तम प्रकाश बरालले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline