लेष्टर सिटी इङ्लिस प्रिमयर लिगको उपाधि नजिक

लेष्टर सिटी इङ्लिस प्रिमयर लिगको उपाधि नजिक

  • मङ्लबार, बैशाख १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, १४ बैशाख ।

टोटनह्याम र वेष्ट ब्रोम बराबरीमा रोकिएपछि लेष्टर सिटी इङ्लिस प्रिमयर लिग फुटबलको उपाधि नजिक पुगेको छ ।

गए राति भएको खेलमा टोटनह्याम हट्सपरलाई वेष्ट ब्रोमले बराबरीमा रोकेपछि लेष्टर सिटी अब लिग उपाधिभन्दा एक जित मात्रै टाढा छ ।

वेष्ट ब्रोमसँग १–१ गोलको बराबरी खेलेपछि टोटनह्यामको उपाधि दावेदारी भने कमजोर बनेको छ । लिगमा तीन खेल मात्रै बाँकी छँदा शीर्ष स्थानको लेष्टरले दोस्रो स्थानको टोटनह्यामसँग ७ अंकको अग्रता लिएको छ ।

आगामी हप्ता हुने खेलमा म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको खण्डमा लेष्टरले ऐतिहासिक उपाधि हात पार्ने छ ।

लेष्टरले अब म्यानचेस्टर युनाईटेड, एभर्टन र चेल्सीसँग तीन खेल खेल्न बाँकी छ भने टोटनह्यामले चेल्सी, साउथह्याम्पटन र न्युकासल युनाईटेडसँग खेल्न बाँकी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी