पुनर्निमाणले आजैबाट गति लिन्छ : प्रधानमन्त्री ओली

पुनर्निमाणले आजैबाट गति लिन्छ : प्रधानमन्त्री ओली

  • सोमवार, बैशाख १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ ,१३ वैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणको कामले आजैबाट गति लिने बताउनु भएको छ । भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरुको पुनर्निर्माण कार्यलाई आज स्वयम्भूबाट सुरुवात गर्दै उहाँले क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण चाँडै हुने विश्वास व्यक्त गर्नुभयो ।

सरकारको पहिलो प्राथमिकता जनतालाई सुविधायुक्त छानामुनी ल्याउने भएको भन्दै प्रधानमन्त्री ओलीले आफूले यसलाई गति दिन निर्देशन दिइसकेको बताउनु भयो ।

सरकार भूकम्प पीडितको गाँस, बास र कपासको व्यवस्थापनका लागि प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीको भनाई छ । उहाँले जनताका लागि केही गरेन भनेर दुखेसो गर्नु उचित नभएको पनि स्पष्ट पार्नुभएको छ ।

नेपाली सम्पदा, धरोहरहरु विश्वकै उत्कृष्ट रहेकोले यसको पुननिर्माण कार्य पुरातत्व विभागले गर्ने भन्दै प्रधानमन्त्री ओलीले पुनर्निर्माणको कार्यलाई सहयोग गर्न सबैसँग आग्रह पनि गर्नुभयो ।

कार्यक्रममा सहभागी अन्य वक्ताहरुले भने पुनर्निर्माणको काममा ढिलाई भएको भन्दै सरकारसँग गुनासो गरेका थिए । प्रधानमन्त्री ओलीले स्वयम्भू क्षेत्रका क्षतिग्रस्त संरचना टासी गुल्म चैत्य, कर्मराज गुल्म, शान्तिपुर मन्दिर र प्रतापपुरको पुनर्निर्माण गरिने जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ