काठमाडौ १३ वैशाख ।
विनाशकारी भूकम्प गएको एक वर्षपछि सरकारले आजबाट भूकम्पबाट क्षतिग्रस्त धार्मिक सम्पदाको पुनरनिर्माण कार्य सुरु गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान काठमाडौको स्वयम्भूनाथ मन्दिर परिसरमा रहेको अनन्तपूर सम्पदाको शिलान्यास गरी धार्मिक सम्पदा पुनरनिर्माण कार्य सुरुवात गर्नु भएको छ ।
हनुमान ढोका परिसरको वंशागोपाल मन्दिरको निर्माण कार्य पनि आजबाट सुरु हुदैछ भने ललितपूरको मणिमण्डव र भक्तपूरको फसिदेग मन्दिरको पनि आजै निर्माण कार्य सुरु गरिने प्राधिकरणले जनाएको छ ।
यस्तै सास्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत परातत्व विभागले काठमाडौको साँखुमा रहेको खड्गयोगिनी मन्दिरको पुनरनिर्माण सुरु गर्दैछ ।
यसैगरी शिक्षामन्त्रालयको सहकार्यमा आजैबाट भूकम्प प्रभावित जिल्लामा एक एक ओटा विद्यालय भवनको निर्माण कार्य सुरु गर्ने तयारी भएको प्राधिकरणको भनाई छ ।