लाजिम्पाटमा भएको सवारी दुर्घटनामा एकको मृत्यु

लाजिम्पाटमा भएको सवारी दुर्घटनामा एकको मृत्यु

  • सोमवार, बैशाख १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ १३ वैशाख ।  

काठमाडौंको लाजिम्पाटमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा अर्को एक जना घाइते भएका छन् ।

बा १२ च ६४४३ नम्बरको कारले बा ३४ प १६६ नम्बरको मोटसाइललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक घर भई काठमाडौं गल्फुटार बस्दै आएका २० वर्षीय सुमन श्रेष्ठको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भिर घाइते भएका श्रेष्ठको उपचारका क्रममा राति नै मृत्यु भएको हो । अर्का घाइते मोटरसाइकलको पछाडि सवार सुसन गुरुङको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार उनको पनि अवस्था पनि गम्भीर रहेको छ । दुर्घटना पछि मोटरसाइकलमा आगो लागेको थियो । ठक्कर दिने कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ