आजबाट माउनटेन बाईकिङ रेस सुरु हुने

आजबाट माउनटेन बाईकिङ रेस सुरु हुने

  • सोमवार, बैशाख १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाण्डौ ,१३ वैशाख

विश्वकै कठिन माउन्टेन बाईकिङ रेस याकरु अन्नपुर्ण चेलेन्जको तेस्रो संकरण आजबाट सुरु हुदै छ ।

रेस अन्नपुर्ण सर्किटको लमजुङको बेसिसहरबाट सुरु भई मुस्ताङको कागबेनीमा गएर सुकिने छ ।

पाचँ चरणमा हुने रेसमा स्वदेशी तथा बिदेशी गरी ११ टिम सहभागी हुने छ ।
याकरुको विजेताले विश्वकै चर्चित माउन्टेन बाईकिङ रेस ब्राजिल राईडमा सहभागी हुने अवसर प्राप्त गर्नेछ ।

प्रतियोगीतामा नेपाल आर्मीका हिमाल टमाटा , राजकुमार श्रेष्ठ ,कान्छा घले ,मानबहादु। थापा मगर ,राजेन्द्र चेम्जोङ र उमेश लामाले सहभागीता जनाउनेछन् । यस्तै २०१५ को संकरण विजेता नेपालका बुद्धबहादुर तामाङले यो पटक पनि प्रतियोगितामा भाग लिने जनाएका छन् ।

यसैगरी प्रान्सका जेन ,जर्मनीका स्टेफन , चीनका योङ र मकाउका चुन रहेका छन् । पाच हजार चार सय १६ मिटरको उचाईमा हुने रेसमा सहभागी खेलाडिले २ सय ४० किलोमिटर पार गर्नुपर्ने छ । त्यसैगरी ३७ सय मिटरको उचाईमा दुई दिने ग्रुप राईड प्रतियोगिता पनि हुने आयोजकले जनाएको छ ।

प्रत्येक दिनको विजेताले १० हजार ,उपविजेताले आठ हजार र तेस्रो हुनेले पाचँ हजार नगद पुरस्कार पाउने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी