को हुन अष्ट्रेलियाको राजदूत सिफारिस भएकी महामहिम लक्की शेर्पा ?

को हुन अष्ट्रेलियाको राजदूत सिफारिस भएकी महामहिम लक्की शेर्पा ?

  • आइतवार, बैशाख १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 21.1K
    SHARES

२०१५ सालदेखि नै पारिवारिक रुपमा बामपन्थी झुकाब राख्ने शेर्पा प्राध्यापक श्यामसुन्दर शेर्पा र कामु शेर्पाको जेष्ठी सुपुत्रिको रुपमा आजभन्दा ४ दशक अगाडि जन्मिएका लक्की शेर्पा बिद्यार्थी जीवनदेखि नै अनवरत, अबिचलित र निरन्तर रुपमा राजनैतिक क्षेत्रमा छिन । पहिलो संबिधानसभामा एमालेबाटसभासद बनेकी लक्की एमालेले उत्पीडित, दमित र सिमान्तकृतको मुद्दालाई गहन तरिकाले नलिएकै कारण लक्की शेर्पा एमाओवादीमा आबद्ध हुँदै हाल एमाओवादीका केन्द्रीय सदस्य (वातावरण विभाग प्रमुख) हुन । राम्रो शैक्षिक बातावरणमा हुर्केकी शेर्पा अंग्रेजी भाषामा बिशेष दख्खल राख्नुहुन्छ । अध्ययनको हकमा सन १९९९ मा बाणिज्य शास्त्रमा स्नातक र २००१ मा अर्थशास्त्रमा स्नातकोतर (एम.ए.) तहमा सर्बोकृष्ट अंक ल्याएर क्याम्पस प्रथम भएका थिए ।
लक्की शेर्पा न्याय र समानता, मानवअधिकार, समाबेशी लोकतन्त्र, विधिको शासनजस्ता अधिकारमुखी विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाहरुमा सल्लाहकारको रुपमा सकृय हुनुहुन्छ यसै शिलशिलामा नेपालमा साठीको दशकमा नेपालमा माओवादी जनयुद्द हुँदा आदिवासी जनजाति महासंघमा सम्बद्ध थिए । त्यस बखत राज्यपक्षबाट भएको बल प्रयोगको बिरुद्ध जेनेभा देखि न्युयोर्कसम्म मानब अधिकार हनन सम्बन्धी अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गरे । त्यसैगरी युकेको लण्डनमा अबस्थित अन्तराष्ट्रिय पार्लियामेन्टहरुको साझा संस्था ग्लोब ईन्टरनेशनलको कार्यकारी सदस्यको रुपमा पनि काम गरी सक्नु भएको अनुभव छ । जस्ले बातावरण र जलवायु परिवर्तनको कारण उच्च जोखिममा रहेका मुलुकका बारेमा कार्य गर्दछ ।
लक्कीले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा कार्य गरे बापत बिभिन्न सम्मान पुरस्कार प्राप्त गर्ने शिलशिलामा २०७२ मा शेर्पा पत्रकार संघ र पिके मिडिया ग्रुपबाट शेर्पा बर्ष राजनीतिज्ञबाट अभिनन्दित भए भने मेड्रे नामक अन्तराष्ट्रिय संस्था, संयुक्त राज्य अमेरिकाबाट २००७ मा “महिला मानब अधिकार सम्मान”, त्यसैगरी दक्षिण कोरियाबाट “युवा राजदुत सम्मान २००७” प्राप्त गरे । कामको दौडानमा विश्वको अत्यन्त प्रतिष्ठित संस्था डार्बिन अष्ट्रेलियाबाट अन्तराष्ट्रिय कुटनिती सम्बन्धी उच्च स्तरको तालिम प्राप्त गरे भने २००६ मा अमेरिकाको कनेटिकेट स्थित युनिभर्सिटी अफ केनेटिकेटमा गेस्ट लेक्चरको रुपमा अध्यापन गर्नु भएको थियो । त्यसैगरी हवार्ड युनिभर्सिटी र अमेरिकन दुताबासको संयुत्त आयोजनामा उच्च स्तरिय राजनैतिकज्ञहरुको कार्यक्रममा हावार्ड युनिभर्सिटीको कार्यक्रममा २०१० मा भाग लिए ।
कार्यक्रमको शिलशिलामा वहाँले कार्यक्रम आयोजक, प्रायोजक र संचालकको रुपमा सयौ राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यशाला गोष्टी, सेमिनारहरु सम्पन्न गरी सकेका छन् । विभिन्न कार्यपत्रहरु पेश गरी सक्नु आफ्नो विज्ञता प्रस्तुत गरिसकेका छन् । कार्यक्रमको सन्दर्भमा नेपालको अधिकांश भुभाग र विश्वका ५ दर्जनभन्दा बढी मुलुकहरुको भ्रमण गरिसकेका छन् ।
उनको योग्यता, क्षमता, लगनशिलता राष्ट्रिय तथा अन्तरराष्ट्रिय अनुभवकै कारण २०७३ बैशाख ७मा एमाओवादीको तर्फबाट अष्ट्रेलियको राजदूत सिफारिस भए । जहाँ धेरै नेपाली वसोवास गर्ने मुलुक हो । विश्वको बिकसित मुलुकहरुमा युवाहरुलाई कुटनैतीक क्षेत्रमा बिशेष स्थान दिने प्रचलन छ । यसर्थ उनी जस्तो सक्षम र योग्य युवा राजदुत सिफारिस भएकोमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रबाट बधाई शुभकामनाको ओइराले लागेको छ । यतिवेला सामाजिक सञ्जाल लक्कीमय भएको छ । उनको चर्चापरिचर्चा सर्वत्र छ । विभिन्न संस्थाले राजदूत सिफारिस भएकोमा वधाई, अभिनन्दन गरिरहेका छन् । उनको सिफारिसले अब नेपालमा पनि कुटनितिक क्षेत्रमा युवाहरुले महत्व पाउने कुरालाई नकार्न सकिन्न । वहाँको कार्यकाल नेपाल र अष्ट्रेलियाको बिच कोशेढुंगा साबित हुनेमा पूर्ण विश्वस्त हुँदै महामहिम लक्की शेर्पाको कार्यकाल पूर्ण सफलताको कामना !

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी