बैशाक १२ गते । ताप्लेजुङको सदरमुकामबाट उत्तरी पश्चिममा पर्ने ७५ मीटर लम्बाई हुने तमोर नदीको दोभानपुलको निर्माण कार्यले तिब्रता पाएको छ । २५ टन क्षमताको क्रेन ४ दिन अगाडि पुलनिर्माण स्थलमा पुगे पछि पुलको कामले तिब्रता पाएको हो ।
एक महिना अगाडि ६० दिनमापुल सकिने र असोज वाआगामीदशैँदेखि संचालनमाल्याइनेइन्जिनियर र ठेकेदार कंपनीले दाबीगरे पनिक्रेन ढिलो आएपछिकामले तिब्रतापाएको थिएन।ठेकेदार कंपनी र कामदारले हाईड्रोलिकनपुगेकोले काम शुरु गर्न नसकिएको तर आजअर्को हाईड्रोलिकआईपुगेको र भोलीबाट जोड्ने कामतिब्र गतिमाहुने बताए ।
केहि सामानअझै पनिपुलनिर्माण स्थलमाआई नपुगेको समेत कामदारले बताए । क्रेनलाई भने सो सामाग्रीकै कारण काममा अबरोध हुने छैन ।
यदितमोर नदीको बहाब नबढेमा, कामले यहीँगतिमातिब्रतापाए, ३० दिनमापुलजोड्न सकिने र बाँकीकाम ३० दिनमा सकाउने लक्ष रहेको कामदारको भनाई छ ।
२०७२ साल चैत्र महिनादेखि काम सुचारु भएपनिक्रेनको अभावभन्दै काममा सुस्तता छाएको थियो । तीनदिन अगाडि क्रेन आएपनिहाईड्रोलिकनपुगेको भनिकाम सुचारु गर्न सकेको थिएन ।
२०७३ साल जेष्ठ महिनामा सकाउने गरी याक्थुङहाङ, शेवालुङ र थेबे कन्स्ट्रक्शन प्रालिले २०६७/०६८ मा गरेको सम्झौताअनुसार दोभानसँगै जोडिएको ३८ मीटर लम्बाई हुने मैवाखोलापुलनिर्माण कार्यले पनि तिब्रता पाउने भएको छ ।


