एके–४७ सहित पाँच भारतीय प्रहरी डोटीबाट पक्राउ

एके–४७ सहित पाँच भारतीय प्रहरी डोटीबाट पक्राउ

  • आइतवार, बैशाख १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

भीमदत्तनगर ,१२ वैशाख ।

हतियार सहित नेपाल छिरेका भारतीय प्रहरी निरीक्षकसहित पाँच जना भारतीय प्रहरीलाई सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम डोटीबाट पक्राउ परेका छन् ।
भारतको पञ्जाबबाट अपराधी खोज्न भन्दै पश्चिमी नाका गड्डाचौकी भएर हतियारसहित सादा पोसाकमा नेपाल पसेका ती प्रहरीलाई डोटी प्रहरीले सानागाउँ, चौखुट्टे नजिकैबाट पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

‘पाँच जना भारतीय प्रहरी पञ्जाबको डाक्टर हत्या प्रकरणका आरोपितलाई खोज्न भन्दै अछाम जान लागेका बेला पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले बाटो देखाउन भन्दै पञ्चाबबाटै अछामका एक स्थानीयवासीलाई लिएर हिँडेका थिए ।’

स्रोतका अनुसार उनीहरुसँग एक थान एके–४७ तथा त्यसमा लाग्ने गोली २५ थान र पेस्तोल तथा गोली १२ थान समेत भेटिएको छ ।

उनीहरु वनबासा सीमा क्षेत्रसम्म पोसाकमा आएको र सीमा वारि आइसकेपछि सादा पोसाकमा भित्रिएको थाहा भएको छ । उनीहरु निजी जीप लिएर डोटी पुगेका थिए । पाँचै जनालाई कैलाली ल्याईदै गरेको सुदूरपश्चिम क्षेत्रीय प्रहरीले जनाएको छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ