संसद अधिबेशन छिट्टै आव्हान गरिने छः सभामुख

संसद अधिबेशन छिट्टै आव्हान गरिने छः सभामुख

  • आइतवार, बैशाख १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाण्डौ, १२ बैशाख । सभामुख ओनसरी घर्तीले संविधानअनुसार जेठ १५ गतेभित्र बजेट ल्याउनुपर्ने हुँदा चाँडोभन्दा चाँडो संसद् अधिवेशन आह्वान गरिने बताउनु भएको छ ।

बेलायत भ्रमण गरेर स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अब संसद् नियमावलीको काम पनि टुङ्ग्याइने जानकारी दिनु भयो ।

नेपाल र बेलायतबीच दौत्य सम्बन्ध कायम भएको २०० वर्ष पुगेका अवसरमा बेलायती संसद्को औपचारिक निमन्त्रणमा सात सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ यही वैशाख ४ गते त्यसतर्फ प्रस्थान गर्नु भएको थियो ।

प्रतिनिधिमण्डलले नेपाल र बेलायत सम्बन्धका साथसाथै त्यहाँका संसदीय प्रणाली, संसदीय अभ्यास, संरचनाको अवलोकन र त्यहाँको एउटा प्रान्त उत्तरी आयरल्यान्डको पनि भ्रमण गरेको थियो ।

प्रतिनिधिमण्डलमा प्रमुख सचेतकहरु नेपाली काँग्रेसका चीनकाजी श्रेष्ठ, नेकपा (एमाले)का भानुभक्त ढकाल, एकीकृत नेकपा (माओवादी)का हितराज पाण्डे र राष्ट्रिय प्रजातन्त्र पार्टीका दिलनाथ गिरीका साथै संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई र सचिव मुकुन्दप्रसाद शर्मा पनि रहनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ