पूर्व प्रशासनप्रमुख कोईराला द्धारा कर्मचारीहरुलाई धम्की दिएर भोट मागेको खुलासा

पूर्व प्रशासनप्रमुख कोईराला द्धारा कर्मचारीहरुलाई धम्की दिएर भोट मागेको खुलासा

  • आइतवार, बैशाख १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

बैशाख १२ काठमाण्डौं । नेपाल आयल निगम लिमिटेडमा आधिकारिक ट्रेड युनियनको निर्वाचन बैशाख १३ गते हुने निर्वाचनको पूर्व सन्ध्यामा पूर्व डाईरेक्टर सहित विभिन्न अधिकृत स्तरका व्यक्तिहरुले समेत दवावपूर्ण तरीकाले कर्मचारीहरुको भोट मागीरहेको गुनासो कर्मचारीहरुले नै गरेका छन् ।
चार वर्ष अघि रिटायर भएका पूर्व डाईरेक्टर रमेश चन्द्र कोईरालाले झापा, विराटनगर, अमलेखगञ्ज डिपो सहित विभिन्न ठाउका कर्मचारीलाई फोन गरी कॉग्रेस निकट संगठनलाई भोट दिनु पर्ने र नदिए जुनसुकै अवस्थाम खत्तम बनाईदिन सक्छु भन्दै धम्की दिएको स्रोतको दावी छ ।
चुनावमा नेपाल राष्ट्रिय कर्मचारी संगठन र नेपाल आयल निगम कर्मचारी संघ विच मूख्य प्रतिस्पर्धा हुने दावी ती संगठनहरुले गरेका छन् ।
देशव्यपी रुपमा संगठन रहेको राष्ट्रिय कर्मचारी संगठनले झापा र जनकपुरमा एकल मत झर्ने पक्का भएपछि पूर्वप्रशासनप्रमुख रमेशचन्द्र कोईरालाले धम्क्याउदै भोट माग्न थालेको कर्मचारी स्रोतको गुनासो छ ।
तर यस विषयमा सम्पर्क गर्दा पूर्व डाईरेक्टर रमेश चन्द्र कोईरालाले आफू रिटायर भएकै चार वर्ष भएको र कसैले आफ्नो नाम बेचेको हुन सक्ने भन्दै यस मामलामा आफू नलागेको दावी गरे ।

यसरी आफ्नो पालामा भर्ना गरेको कर्मचारी,आफू डिपो हाकिम भएको बेलासंगै बसेको कर्मचारीहरुलाई रकरार कर्मचारीहरुलाई युनियनलाई भोट नहाले मैले जूनसुकै अवस्थामा खत्तम बनाउन सक्ने चेतावनी दिएको कर्मचारीको दावी छ ।

संघ र यूनियनको भने उक्त ठाउँमा आफ्नो प्रतिनिधि कम रहेको नरहेको श्रोतले जानकारी दिएको छ ।

त्यस्तो अवस्था देखिए पछि स्वतन्त्रकर्मचारी यूनियनसंग नजिक रहेको पूर्व योजना प्रशासन तथा मानव संसाधनविकास विभागका प्रमुख रमेशचन्द्र कोईरालाले भने टेलिफोन गरी धम्की दिने गरेको जनाईएको छ ।

यस विषयमा कोईरालाई संघ र संगठनले केही उचित छानविन गर्ने भन्दै त्यस्तो क्रियाकलाप नगर्न आग्रह गरेका छन् ।

कर्मचारी संघका एक जना प्रतिनिधिले नाम नवताउने सर्तमाभने कोईरालाई जुनसुकै अवस्थामा यस्तो कार्य रोक्न लगाउने बताए । यस्तै संगठनले पनि यो विषयमाकोईरालाले टेलिफोन गरी भोट मागेको टेलिफोन रेकर्ड आफू कहाँ फेला पारेको र उक्तविषयलाई कुनै दिन सार्वजानिक गरी नराम्रो बनाउन सक्ने बताए ।
नराम्रो के हुने भन्ने प्रश्नमा संगठनका ती प्रतिनिधिले “ गलत क्रियाकलापमा लाग्नेलाई टिट फर ट्याट व्यवहार गरिने चेतावनी दिएका छन् ।
निगमको निर्वाचन बैशाख १३ बिहान १० बजेबाट शुरु हुदै छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी