पोखरा,११ वैशाख ।
१४६औं लेनिन दिवसको अवसरमा बिप्लव माओवादी निकट अखिल (क्रान्तिकारी ) पृथ्वीनारायण क्यामपस जिल्ला समितीले “हाम्रो क्यापसलाई राम्रो क्यामसमा बदलौ” भन्ने नाराका साथ क्यामसमा रहेको भानु पार्कलाई सरसफाई र रङरोङ्न गरि मनाएको छ।
उक्त अभियानको उदघाटन संयुक्त रुपमा पृथ्वीनारायण क्याम्पसका क्यामपस प्रमुख प्रा.डा .देबेन्द्र लामिछाने र अखिल(क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य एवं गण्डक ब्युरो प्रमुख प्रकाश बिश्वकर्माले पृथ्वीनारायण क्याम्पसका जिल्ला अध्यक्ष शिव क्षेत्रीलाई रङरोङ्गन हस्ताण्तरण गरेका थिए।
अभियानको उद्घाटन गर्दै अखिल(क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य एवं गण्डक ब्युरो प्रमुख प्रकाश बिश्वकर्माले अनेरास्ववियू(क्रान्तिकारी)ले प्रशासक र कर्मचारीका कारण देशै भरिका आङ्गीक तथा सामुदायिक क्याम्पसहरुमा देखिएको फोहोर,अस्तब्यस्ता,अराजकताका,लाचारीपनका बिरुद्ध शैक्षिक,प्रशासनिक र बाताबरणि य हिसाबमा क्याम्पसलाई सफा,सुन्दर,हराभरा र गुणस्तरीय शिक्षाको केन्द्र बनाउन दबाबस्वरुप रचनात्मकढङ्गबाट आन्दोलनको सुरुवात भएको बताउनु भयो।
कार्यक्रममा क्याम्पसका बिधार्थीहरु संगठनका सदस्यहरु सहभागी भएको र यो अभियानलाई निरन्तरता दिइरहने र फुलबारी बनाउने, सहिद राममणी भट्टराई स्मृति धारा सरसफाई लगाएत विभिन्न कार्यक्रम गरिने संगठनका अध्यक्ष शिव क्षेत्रीले बताउनु भएको छ।

