द आर्ट अफ लिभिङ धरानद्धारा ह्यापीनेस कार्यक्रम सम्पन्न

द आर्ट अफ लिभिङ धरानद्धारा ह्यापीनेस कार्यक्रम सम्पन्न

  • शनिबार, बैशाख ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

धरान,११ बैशाख ।
द आर्ट अफ लिभिङ धरान च्यापटरद्धारा ह्यापीनेस कार्यक्रम सम्पन्न गरेको छ । शनिबार धरान १८ स्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सेमिनार हलमा सो कार्यक्रम सम्पन्न गरेको हो ।
१५ जनाको सहभागीतामा सो कार्यक्रम सम्पन्न गरेको द आर्ट अफ लिभिङ बीरगंजबाट प्रशिक्षण गराउन आउनुभएको प्रशिक्षक चन्देश्वर झाले जानकारी दिनुभयो ।

उहा“ले स्वस्थ्य मन, तनाव मुक्त शरिर तथा ध्यानमा अग्रता ल्याउनले उदेश्यले गरिएको कार्यक्रममा जिवन जिउने बिभिन्न प्रक्रियाहरु समेत सिकाईएको जानकारी दिनुभयो ।

सोही कार्यक्रममा बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानकी आकस्मीक कक्षकी स्टार्फ नर्स मोनीका तामाङले आफनो अनुभव सुनाउदै कार्यक्रमबाट आफुमा एकाग्रता आउनुका साथै जीवन कसरि जीउन सकिन्छ भन्ने कुरा सिक्न पाएको बताए । उनले हरेक सयमा काम गर्ने जोस जागर बढेर आाउनुका साथै पुनरताजगी पन आएको बताईन । उनले पहिला पहिला आफुलाई निर्णय लिन गाहे भएपनि कोर्ष पछि केही सहज भएको बताईन ।
५ दिन सम्म चलेको सोही कार्यक्रममा धरानकै सबिता खनालले आफुमा पहिला झवाटै रिस उठने बानी भएको र आर्ट अफ लिभिङको कोर्समा आएर जिवन जिउन पाउने अभ्यस गरेको बताईन बैज्ञानीक तरिकाले गरिने प्रक्रियाले नया जीवन जिउने तरिका सिकको समेत उनले बताईन ।
उनले कार्यक्रमबाट तनाब मुतm भएको हुनुका साथै अन्र्तआत्माबाट खुसी पाएको महसुस गरेको सुनाईन ।
त्यस्तै उषा शाहले आफु डिप्रेसनको सिकार भएको र बेला बेलामा दुखको सामना गर्नुपर्नै बाध्यता हटेर गएको सुनाईन ।सोही कार्यक्रममा आफना अनुभव सुनाउदै बेन्जीला बराललेकोर्षबाट राम्रो अनुभव गरेको र आफनो जीवनमा लागु गर्नै बताईन ।

त्यस्तै कबिता खडकाले पनि आफुलाई कोर्षमा आउन मन नलागेपनि मनमा रहेको नकारात्मक सोचाईका कुराहरु हटेर गएको बताईन । स“गै कोर्षमा गएकी खडकाकी दिदि तृप्तृ खडकाले आफु जीवन जीउने कला सिकेकाले अवका दिनमा खुसी सात जीवन जीउने बताईन ।
सोही कार्यक्रममा लोकेन्द्र अबस्थीले रिस उठने बानी आफुमा भएपनि त्यो बानी बिस्तारै हराएर गएको बताए ।
कार्यक्रमकै क्रममा अनुभव साट्दै सबिना घिमिरेले कोर्षबाट जीवनमा राम्रो अनुभव हुने भएकाले सबैलाई द आर्ट अफ लिभिङको अनुभव लिन अनुरोध गर्नुभयो ।
टीका राई तामाङले कोर्ष पछि आफु बर्तामान समयमा कसरि बाच्ने भन्ने सिकेको बताईन । साथै उनले आफुभित्रको डर हटदै गएको बताईन । त्यस्तै कार्यक्रममा बोल्दै मन्जुल भण्डारीले सा“स प्रश्वासको प्रक्रियाबाट भित्रि मन साफ गर्नै भएकाले यस्तो प्रक्रिया बारम्बार जीवनमा लिनुपर्नै बताए ।
सोही कार्यक्रममा बोल्दै प्रशिक्षक चन्देश्वर झाले बाहिरी दुनियामा नभएको ज्ञान द आर्ट लिभि¨ले सिकाउने गरेको बताउनुभयो ।
उहा“ले समय दिईयो भने संसारको सबैभन्दा सुखी ब्यक्ति हुन सकिने बताउनुभयो उहाले २४ घण्टामा मात्र ४ घण्टा आफना लागी समय निकाल्यो भने संसारकै सबैभन्दा सुनदर जीवन जीउन सकिने बताउनुभयो ।
कार्यक्रमम मेडिकल बिद्यार्थी,कर्मचारी,गृहिणी महिला लगायतको सहभागीता रहेको द आर्ट अफ लिभिङका डी डी सी सदस्य सरस्वती श्रेष्ठले बताईन ।
करिब १२ बर्ष अगाडी नेपालमा द आर्ट अफ लिभि¨ सुरुवात स्वामी मधुसुधन र रितिका लोहीयाबाट सुरुवात गरिएको सो संस्था हालसम्म सुरुबात हुदै आईरहेको डि डि सी सदस्य पार्वती श्रेष्ठले जानकारी दिईन ।
द आर्ट अफ लिभिङ धरानका स्वयम सेवकहरु जनक खडका,करुण थापा,अनुसुøया ज्ञाबाली, अजीत ठाकुर लगायतको सहभागीता रहेको कार्यक्रमको अन्तमा बिभिन्न मनोरन्जनात्मक खेलहरु समेत खेलाईएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ