युवालाई एकीकृत जनक्रान्तिमा होमिन बास्तोलाको आग्रह

युवालाई एकीकृत जनक्रान्तिमा होमिन बास्तोलाको आग्रह

  • शनिबार, बैशाख ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

काठमाडौं ,११ वैशाख ।
विप्लब नेतृत्वको नेकपा माओवादीका स्थाई समिति सदस्य धर्मेन्द्र वास्तोलाले अहिलेको अहिलेको सरकारले सार्वभौम देश र जनताको रक्षा गर्न नसक्ने बताउनु भएको छ ।
रामेछाप–काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चद्वारा आज संवाद डबलीमा आयोजित कार्यक्रममा बोल्दै बास्तोलाले नागरिक महंगी र विदेशी हस्तक्षेपबाट आक्रन्त भइरहँदा सरकार रमिते बनेको आरोप लगाउनु भयो ।
नेपाल भारत सिमा नेपाली जनताले पाईरहेको दुख तथा अतिक्रमणका बिषयमा पनि वर्तमान सरकारले कुनै प्रतिक्रिया नजनाउनु आस्चयजनक भएको बताउनु भयो ।
नेपालीकै हित र पैसाबाट हजारौं मेगावाट बिजुली उत्पादन गर्न सकिने सुनिश्चितता हुँदाहुँदै कमिशनको लोभमा माथिल्लो कर्णाली, अरुण–३, मस्र्याङ्दी र पश्चिम सेतीलगायत ठूला बिद्युत आयोजना र सप्तकोशी उच्च बाँध निर्माण कार्य विदेशीको हातमा सम्पीएको उहाको आरोप छ ।

उहाले देशको सार्वभौम र नागरिकको स्वतन्त्रताको रक्षा गर्न नेकपा माओवादीले एकीकृत जनक्रान्तिको कार्यदिशा अघि सारेको औल्याउँदै सम्पूर्ण युवा तथा देशभक्त नागरिक एकीकृत जनक्रान्तिमा गोलबन्द हुन आह्वान समेत गरेका छन् । ‘एकीकृत जनक्रान्तिबाट मात्र सार्वभौमसत्ता, स्वाधीनता र राष्ट्रियताको रक्षा ग्यारेन्टी छ, यसमा गोलबन्द हुनुको विकल्प छैन’ नेता वास्तोलाको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ