काठमडाौ ११ वैशाख ।
गैरआवासीय नेपाली संघ एनआरएनले भूकम्पबाट क्षतिग्रस्त गोरखाको दुर्गम गाउँ लाप्राकलाई नमुना वस्ती बनाउने भएको छ ।
लाप्राकलाई नमुना वस्ती बनाउने एनआरएनको प्रस्तावलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।
करिव ६ सय घर परिवार रहेको लाप्राक वस्ती गत बर्षको भूकम्पबाट ध्वस्त भएको थियो । लाप्राकलाई नमुना वस्ती बनाउने सम्बन्धी प्रस्ताव पेश गरेको एनआरएनले लामो समयदेखि स्वीकृतिका लागि पहल गरिरहेको थियो ।
यसैबीच लाप्राकलाई नमुना स्मार्ट भिलेज बनाउनेबारे गैरआवासीय नेपाली संघ र नेपाल सरकारवीच राष्ट्रपति बिद्यादेवी भण्डारीको उपस्थीतिमा भोली सम्झौता हुने जनाइएको छ ।
पुरानो लाप्राकवस्ती भन्दा केही माथि रहेको डाँडाँमा अहिले लाप्राकबासी पाल टाँगेर बसिरहेका छन् । सोही स्थानमा स्मार्ट भिलेज बनाउने गैरआवासीय नेपाली संघको तयारी छ ।
भोली पुनःनिर्माण प्राधिकरण, शहरी विकाश मन्त्रालय र गैरआवासीय नेपाली संघवीच त्रिपक्षीय सम्झौता हुने छ । सम्झौताका लागि गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले अहिले काठमाण्डौमा छन् ।
प्राधिकरणको स्वीकृित र सम्झौतासँगै एनआरएनले पुनःनिर्माण प्रकृयालाई अगाडी बढाउन बाटो खुल्नेछ ।