पोखरा,११ वैशाख । मनकामना केबुलकार पोखरा कपको उपाधिका लागी नेपाल आर्मी क्लब र मनाङ मस्र्याङदी क्लबबीच प्रतिस्पर्धा हुदै छ ।
पोखरा रंगशालामा शनिबार दिउसो साढे दुई बजेपछि हुने फाईनल खेलमा दुबै टिम उपाधी हात पार्ने योजनाका साथ मैदान उत्रदैछन् ।
मनाङले एपिएफलाई पराजित फाइनल यात्रा तय गरेको थियो भन आर्मीले धरान ११ लाई पराजित गर्दै मनाङसँगको भेट पक्का गरेको हो ।
आर्मी र मनाङ पछिल्लो ३ महिनामा दोश्रो पटक पोखरामा उपाधिका लागि भिड्न लागेका हुन् ।
आर्मीलाई पोखरा कपको उपाधि जितेर गत माघमा आहा ! रारा गोल्डकपको फाईनलमा मनाङसँग भएको हारको बदला लिने मौका मिल्लने छ ।
आहा ! रारा गोल्डकपमा आर्मीलाई पराजित गर्दै मनाङले १ – ० को जित निकालेको थियो ।
प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५ सय ५५ र उपविजेताले दुई लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने छन् ।
त्यस्तै गोलकिपर, मिडफिल्डर, डिफेन्स, सर्वा्धिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ पुरस्कार दिइने आयोजकले जनाएको छ ।