गणतन्त्र ल्याएका कारण आफुलाई भारत परस्तको आरोप लगाएको भट्टाराईको भनाई

गणतन्त्र ल्याएका कारण आफुलाई भारत परस्तको आरोप लगाएको भट्टाराईको भनाई

  • शुक्रबार, बैशाख १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौ १० वैशाख । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकबाट राजतन्त्रको अन्त्य र गणतन्त्र ल्याएका कारण आफुलाई भारत परस्तको आरोप लगाउने गरिएको दावी गर्नुभएको छ ।

उहाले कुर्सीको लागि दिल्ली धाउनेहरुको पर्दाफास गर्न निकै ढिलो भइसकेको बताउँदै देशमा मिलेर बसेका मधेसी, पहाडी र जनजातिलाई टुक्रायाउन खोज्नेहरु नै भारतीय दलाल भएको आरोप लगाउनु भयो ।

नयाँ शक्ति नेपाल रुपन्देहीले आज भैरहवामा आयोजना गरेको मधेस जागरण अभियान अन्तर्गत खुल्ला अन्तर्क्िरया कार्यक्रमलाई सम्बोधन गर्दै भटट्राईले अहिले मुलुकमा मिलेर बसेका जातजातिलाई टुक्रायाउने षड्यन्त्र भइरहेको धारणा राख्नु भयो ।

पुर्वप्रधानमन्त्री समेत रहेनु भएका भटट्राईले देशको विकास र समृद्धिको लागि मुलुकका सबै जातजाति, सामुदायबीच एकता आवश्यक रहेको बताउनु भयो ।

देशका सम्पुर्ण नागरिकलाई सामान अधिकार नदिएसम्म द्धन्द्ध जारी रहने र देशको विकास हुन नसक्ने भट्टाराईको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ