सय वर्ष जाबो बाँच्नेले के समय पाउँछ र ? : ओली

सय वर्ष जाबो बाँच्नेले के समय पाउँछ र ? : ओली

  • शुक्रबार, बैशाख १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौं, १० वैशाख । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश विकासका लागी सबै पार्टीले काममा प्रतिस्पर्धा गर्नुपर्ने बताउनु भएको छ ।

कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा एमालेले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मान्छेको जीवन छोटो भएकोे हुँदा छिटो काम गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाले भाषण गरेर ,एक अर्कालाई दोसारोपड गरी काम गर्ने समय पाईन भन्नु भन्दा आफुसँग भएको समयलाई सदुपयोग गर्दै अघि बढ्नु पर्नेमा जोड दिनुभएको छ ।

सरकारको नेतृत्व गर्ने अघिल्ला प्रधानमन्त्रीहरुले काम गर्ने समय पाईन भन्ने गरेको तर्फ ईगीत गर्दै ओलीले भन्नुभयो म समय पाइन भन्दिनँ ,समय त मान्छेले नै पाउँदैन।

समय पाइएन भन्ने चिन्ता लिनु भन्दा काममा प्रतिस्पर्धा गर्न प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो ।

एउटा फरक प्रसंगमा उनले एमाले बम्पर उपहार परेको पार्टी नभएको उल्लेख गर्नुभयो । ’एमालेलाई राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री केही पनि नदिने बरु अरुले नै लैजावस् भन्ने खेल भयो। एमाले बम्बर उपहार परेको पार्टी होइन। एमाले कुनै गाई कि त्रिशुल खेलेर जितेर आएको पार्टी होइन’, उहाले भन्नुभयो । यो देशको विकास सम्वृद्धि नै एमालेको मुख्य एजेण्डा हो ।

कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले लेखेर भाषण ल्याएका थियो । करिब १५ मिनेट अलिखित सम्बोधन गरेपछि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार तथा एमालेनेता विष्णु रिमालले ओलीको लिखित भाषण पढेर सुनाउनु भएको थियो ।

करिब दुई घन्टा ढिलो सुरु भएको कार्यक्रमलाई एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमाले महासचिव ईश्वर पोखरेल लगायतका वक्ताले सम्बोधन गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ