बैशाख १० काठमाण्डौं । लेनिन जयन्तीको दिन, नेपालमा कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन अर्थात बैशाख या २२ अप्रील जे भने पनि यो दिनमा पार्टी एकताको सन्देश दिने भनेर आफू निकटका समुहका नेताहरुलाई व्रिफिङ गर्दै आएका थिए क्रान्तिकारी माओवादीका नेता राम बहादुर थापा बादलले ।
बैशाख १० मा पार्टी एकता नभए पनि एकताको सन्देश जाने गरी वक्तव्य सम्म भए पनि दिने भनिए पनि त्यसमा समेत प्रचण्डले आनाकानी गरे पछि बादल एकाएक अकर्मण्यतामा फसेका छन् ।
बैद्य माओवादीका एक नेता भन्छन् “ अहिले बादल जि बिहान देखि बेलुका सम्म बुद्धनगर कार्यलय छाड्नु हुन्न, तेतै बसेर भेट्ने र फोन गर्ने काममा व्यस्त हुनुहुन्छ ” ।
उनी भन्छन्“ तर बैद्य त्यति बुद्धनगर जानु भएको छैन , सुन्दैछु आज त ससुरालीतिर श्रदाञ्जलीको लागि जादै हुनुुहुन्छ रे ” ।
बादलले पार्टी एकता अहिलेको ऐतिहासिक आवस्यकता भन्दै ब्रिफिङ गरीरहे पनि प्रचण्डले ठोस निर्णय गर्न नसकेका कारण बादल पक्षले फेरी पार्टी अध्यक्ष मोहन बैद्यसग‘ छलफल शुरु गरेको छ ।
बादल समुहले नेताहरुको हस्ताक्षर गरेर बैद्यलाई दवाव दिएर एकता गराउन खोजे पनि उनले नमाने पछि , जिल्ला तहबाट मात्रै भए पनि एकता गर्दै जाने योजना बनाएको र त्यो पनि सफल नभए पछि फेरी बैद्यसगै‘ छलफलमा जुटेको बुझिएको छ ।
बादल समुहको तर्फबाट देव गुरुङले बैद्यलाई भेटेर एकताको बारेमा फेरी वार्ता गरौं भन्ने कुरा राखे पनि बैद्यले बैठक नसकिए सम्म केही पनि हुन्न भनेर फिर्ता गरिदिएको बुझिएको छ ।
यस्तोमा प्रचण्डलाई समेत पार्टी भित्रबाट कृष्ण बहादुर महरा, वर्षमान पुन, हरिवोल गजुरेल लगायतका नेताहरुको समुहले आफ्नो पद गुम्ला कि भन्ने चिन्ता सहित एकता गर्दा बिचार पुर्याउनु पर्ने भन्दै घुमाउरो पाराले दवाव दिए पछि प्रचण्डले समेत बादलको नेतृत्वको समुहलाई मात्र पार्टीमा ल्याउदा झन कचिङगलमा फसिने भन्दै पार्टी एकता नगरेको सो पार्टीका एक नेताले नाम उल्लेख नगर्ने शर्तमा बताए ।
मोहन बैद्य सहित सिंगो पार्टी आए ठूलो सन्देश जाने तर बादल सहितको समुह मात्र आए भागबण्डा र पद धेरै खोजी हुने र एकताको ठूलो सन्देश पनि नजाने भएकाले तत्काल हतारमा निर्णय नभएको ती नेताको कथन छ ।
तर आउदो स्थानीय निकायको चुनाव, या संसदको चुनाव अघि सम्म भने यत्तिकै समुह मात्रै भए पनि भित्र्याउने दाउमा प्रचण्ड रहेको बताईन्छ ।
प्रचण्डले बादलहरुको अन्त जाने ठाउ नभएकोले जुन बेला ल्याए पनि भैगो नि भन्ने गरेको पनि उनी निकटका केही नेताहरुले चर्चा गर्ने गरेका छन् ।