जनयुद्धकालीन मुद्दा खारेज गर्न पाच माओवादीको माग

जनयुद्धकालीन मुद्दा खारेज गर्न पाच माओवादीको माग

  • बिहिबार, बैशाख ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाण्डौ ,९ वैशाख ।

बृहत शान्ति सम्झौताअनुरुप जनयुद्धकालीन मुद्दाहरु अविलम्व खारेज गर्न माओवादी पार्टीहरुले माग गरेका छन् ।

पाच माओवादी पार्टीले आज संयुत्त विज्ञप्ती निकालेर जनयुद्धकालीन मुद्दाहरुलाई उल्टाइए बृहत शान्ति सम्झौताको उल्लंघन हुने भन्दै मुद्धा खारेजीको माग गरेका हुन् ।

एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादी अध्यक्ष मोहन वैद्य, नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई, नेकपा (माओवादी) संयोजक मात्रिका यादव र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मणि थापाले विज्ञप्तीमार्फत मुद्दा फिर्ता लिनुको साटो न्यायालयले झन् उल्ट्याउँदै लगिरहेको भन्दै आपत्ती जनाएका छन् ।

‘फिर्ता लिन बाँकी रहेका मुद्दाहरुलाई संक्रमणकालीन न्यायिक प्रणालीको मान्यता अनुरुप बृहत राष्ट्रिय राजनीतिक सहमतिको आधारमा वेपत्ता पारिएका नागरिकहरुको खोजी गरी सार्वजनिकीकरण गर्न र सत्य निरुपण मेलमिलाप गर्नका लागि भनी राज्यको तर्फबाट दुई आयोगको कानुनी व्यवस्था गरिएपनि क्षेत्राधिकारको अभावमा प्रक्रिया अघि नबढेको बिज्ञप्तीमा उल्लेख छ ।
राज्यको तर्फबाट गरिएको वृहत शान्ति सम्झौतालाई राज्यकै अर्को अंगले उल्लंघन गर्दै जाने र त्यसप्रति राज्य मूकदर्शक भएर रहनु बिडम्वना रहेको भन्दै त्यसो गरिए आफुहरु आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् ।

बृहत् शान्तिसम्झौताअनुरुप जनयुद्धकालीन मुद्दाहरु अविलम्व खारेजीको व्यवस्था गर्न र बाँकी रहेका जनयुद्धकालीन मुद्दाहरुलाई आयोगमार्फत् मेलमिलाप गर्ने व्यवस्था गर्न विज्ञप्तिमार्फत् सरकारसँग माग गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ