कांग्रेस र मधेसवादी दललाई सरकारमा आउन शर्माको आह्वान

कांग्रेस र मधेसवादी दललाई सरकारमा आउन शर्माको आह्वान

  • बिहिबार, बैशाख ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

रुपन्दही, ९ बैशाख ।

एकीकृत माओवादीका प्रवक्ता दीनानाथ शर्माले नेपाली कांग्रेस र मधेसवादी दलहरुलाई पनि सरकारमा सहभागी हुन आह्वान गर्नुभएको छ ।

प्रवक्ता शर्माले कांग्रेस र मधेसवादी दल सरकारमा आए सरकारको नेतृत्वका विषयमा समेत छलफल गर्न सकिने बताउनुभयो । उहाँले घुमाउरो शैलीमा भन्नुभयो , ‘कांग्रेस र मधेसवादी दल सरकारमा आए नेतृत्वको विषयमा छलफल गरेर अगाडि बढ्न सकिन्छ ।

क्रान्तिकारी पत्रकार सङ्घ नेपाल रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा नेता शर्माले सरकार फेर्ने विषयमा भने एमाओवादीले कुनै धारणा नबनाएको स्पष्ट पार्नुभयो । गत वर्ष देशमा गएको भूकम्पका पीडितलाई अझै पनि सरकारले उचित व्यवस्थापन गर्न नसकेको भन्दै यसतर्फ चासो दिनसमेत उहाँको आग्रह थियो ।

उहाँले बजारलाई नियन्त्रण गर्न नसक्दा महँगीले सीमा नाघेको र बजार सरकारको नियन्त्रण बाहिर रहेको धारणा व्यक्त गर्नुभयो । सरकारले नयाँ नीति बनाएर बजार हस्तक्षेप गर्न नसके निजी क्षेत्रको मनोमानी बढ्ने भन्दै नेता शर्माले बजारको संरचनालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।

नेता शर्माले सरकारले अहिले पनि विसं २०२८ को शिक्षा ऐनले शिक्षा क्षेत्र चलाएको भन्दै शिक्षामा परिवर्तन हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ