सप्तरी, बैशाख ९
सप्तरी जिल्लाको कञ्चनपुर–११ मा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ भने दुर्घटनामा तीन जना घाइते भएका छन् ।
गएराति करिब साढे ९ बजे बा. ५४ प ६१४३ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलमा सवार पोर्ताह–८ का ३५ वर्षीय बिजल सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका साइकल चालक पोर्ताहकै देबु सदा, मोटरसाइकल चालक झापा शनिश्चरेका सुजन लिम्बु र मोटरसाइकलमा पछाडि सवार सदा मियाँको धनेश्वर अस्पताल सप्तरीमै उपचार भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline