काठमाडौ , ९ वैशाख ।
पोखरामा जारी मनकामना केबलकार पोखराकप फुटबलको दोस्रो सेमिफाईनलमा आज धरान फुटबल क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुदै छ ।
पोखरा रंगशालामा दिउसो साढे दुई बजे पछि सुरु हुने प्रतियोगितामा दुबै टोलि जित हात पार्दै फाईनल यात्रा तय गर्ने योजनाका साथ मैदान उत्रदैछन् ।
आजको विजेताले उपाधिका लागी फाईनलमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदीसँग प्रतिस्पर्धा गर्ने छ ।
पहिलो सेमिफाईनलमा शसस्त्र प्रहरीको एपीएफलाई ५,० ले पराजित गर्दै मनाङ फाईनल पुगिसकेको छ ।
१२ टोली सहभागी प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline