मधुमेह थाइराड र हर्माेन रोगको बिशेषज्ञ सेवा शुरु

मधुमेह थाइराड र हर्माेन रोगको बिशेषज्ञ सेवा शुरु

  • बुधबार, बैशाख ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

बैशाख ८ जावालाखेल । काठमाण्डौ डाइविटिज एण्ड थाइराइड सेन्टर प्रालिले मधुमेह, थाइराइड तथा हर्माेन रोगसम्वन्धी बिशेज्ञ सेवाको औपचारिक शुरुवात गरेको छ । ललितपुरको जावलाखेलस्थित अल्का अस्पताल परिसरमा संचालन भएको सेन्टरको स्वास्थ्यमन्त्री रामजनम चौधरीले औपचारिक उदघाट्न गर्नु भयो ।
सो अवसरमा बोल्दै स्वास्थ्यमन्त्री चौधरीले पछिल्लो समय नेपालमा नसर्ने रोगको जोखिम बढ्दै गएको र मधुमेह र थाइराइडको अवस्था अझै भहावह बन्दै गएकाले नियन्त्रणका लागी जनचेतना जगाउन आवश्यक रहेको बताए ।
मधुमेह तथा थाइराइडका बिरामीलाई व्यवस्थित रुपमा बिशेषज्ञ उपचार सेवा दिने उद्देश्यले सेन्टर संचालनमा ल्याइएको सेन्टरका संस्थापक अध्यक्ष कुमार थापाले बताए । बरिष्ठ मधुमेह थाइराड र हर्माेन रोग बिशेषज्ञ डा. अंशुमाली जोशीसहितको चिकित्सकको टोलीले सेन्टर मार्फत बिरामीलाई सेवा प्रदान गर्नेछ ।
पछिल्लो समय मधुमेह, थाइराड र हर्माेनको समस्या बिकराल रुपमा बढ्दै गइरहेको भन्दै सेन्टरका निर्देशक समेत रहेका डा. जोशीले यस सेन्टर मार्फत अन्तराष्ट्रिय स्तरको बिशेषज्ञ सेवा प्रदान गर्ने लक्ष्य राखिएको बताए ।
सेन्टरका संस्थापक अध्यक्ष थापाले मधुमेह थाइराड र हर्माेन रोगका बिरामीलाई उपचारको पहु“चमा ल्याउन राजधानी बाहिर गएर समेत सेवा प्रदान गर्ने लक्ष्य राखिएको बताए । थापाले अल्का अस्पताल मार्फत बिरामीको चाप हुने अन्य बिभागलाई बिशेष व्यवस्थित रुपमा संचालन गर्ने तयारी भइरहेको बताए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी