नेपाली एक बालिकालाई भारतको पुणेमा पुर्याएर निरन्तर बलात्कार गर्ने क्रममा संलग्न रहेका १ सय १३ जना विरद्ध मुद्धा दायर भएको छ ।
पीडित बालिकाले पछिल्लो २ वर्षदेखि आफू माथि एक सय भन्दा बढी भारतीय मानिसहरुले पालै पालो यौन शोषण गरीरहेको बताएकी छन् ।
यद्यपि, अहिले सम्म प्रहरीले ५ जनालाई मात्र पक्राउ गरेको छ ।
झापा काकडभिट्टाकी ती बालिकालाई उनकै चिया पसलमा दिन दिनै चिया खान आउने रोहित भण्डारी नामका युवा सहितले पुनेमा व्यूटी पार्लरमा जागिर लगाईदिने भन्दै फकाएर लगेका थिए ।
शुरुका केही दिन उनलाई व्यूटी पार्लरमा काम दिईएको पनि थियो । तर रोहितले पछि उनलाई जबरजस्ती देहव्यापारमा लगाए । उनले नमानेको अवस्थामा उनलाई नशालु दवाई खुवाएर समेत यौन कार्यमा लगाईएको थियो ।
ती बालिकालाई हैदराबाद, अहमदावाद र भोपाल जस्ता ठाउमा लगेर निरन्तर यौन शोषण गर्दै एक पटक गर्भपात समेत गराईएको थियो ।
गत महिना मात्रै भागेर दिल्ली पुगे पछि ती बालिका र अन्य महिलाहरुले प्रहरीमा उजुरी गरेका थिए ।