प्रधानमन्त्रीले माफी नमागे सम्म प्रधान न्यायाधीश र राजदूतको सुनवाई हुँदैनः पौडेल

प्रधानमन्त्रीले माफी नमागे सम्म प्रधान न्यायाधीश र राजदूतको सुनवाई हुँदैनः पौडेल

  • बुधबार, बैशाख ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

८ वैशाख, काठमाडौं । नेपाली काग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीले माफी मागेपछि मात्रै प्रस्तावित न्यायाधीश र राजदूतको संसदीय सुनुवाई हुने बताउनु भएको छ ।

प्रधानमन्त्री केपि ओलीले नै संसदीय सुनवाई समिति छैन भनेर न्यायपरिषदको सदस्यमा सिफारिस रामप्रसाद सिटौलाको नाम फिर्ता लिएको भन्दै नेता पौडेलले ओलीले यस बिषयमा माफि माग्नुपर्ने बताउनु भयो ।

संसदीय सुनुवाई समिति कायमै छ भनेर आत्मलोचनासहित प्रधानमन्त्री केपी शर्मा ओलीले माफी माग्नु पर्छ , पौडेलले भन्नुभयो , प्रधानमन्त्रीले त्यसलाई सच्याएर संसदीय समिति कायमै छ भनेर आत्मलोचना नगरेसम्म संसदीय सुनवाई हुन सक्दैन ।’

अन्यथा संविधान अनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचन भएर समिति नबनुन्जलेसम्म सिफारिस गरिएका न्यायाधीश र राजदूतहरुले पर्खिएर बस्नु पर्ने उहाको तर्क छ ।

काग्रेसले संविधान संशोधन गरेर सुनवाई समिति गठन गर्ने पक्षमा नरहेको भन्दै पौडेलले पुरानै सुनवाई समितिले सुनवाई गर्नु पर्ने या नयाँ बनेपछि मात्रै हुनेमा जोड दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ