सरकारले द्वन्द्वकालीन मुद्दा अघि सारेपछि हिसिला यमी पनि पेरिसडाँडामा

सरकारले द्वन्द्वकालीन मुद्दा अघि सारेपछि हिसिला यमी पनि पेरिसडाँडामा

  • बुधबार, बैशाख ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, बैशाख ८
पति डा. बाबुराम भट्टराईले नयाँ शक्तिको अभियान थालेपछि पार्टी पेरिसडाँडा छाडेर बबरमहल पुगेकी हिसिला यमी धेरै समयपछि आज पेरिसडाँडा पुगेकी छन् । सरकारले जनयुद्धकालीन मुद्दा ब्युँताउन थालेपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन माओवादी सम्बद्ध सबै दलको बैठक आव्हान गरेका थिए ।

सरकारले द्वन्द्वकालीन मुद्दा अघि बढाउने संकेत गरेपछि यसबारे छलफल गर्न बोलाएको बैठकमा सहभागी हुन डा. भट्टराई पत्नी पेरिसडाँडा पुगेकी हुन् ।

मोहन वैद्य, मणि थापा, विप्लव, मातृका यादवसहितका माओवादीका शीर्ष नेताहरू पनि बैठकका लागि पेरिसडाँडा पुगेका छन् ।
प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार सबै माओवादी पार्टीका नेताहरूबीच जनयुद्धकालीन मुद्दाका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

प्रचण्ड र वैद्यबीच पार्टी एकीकरणको चर्चा चले पनि जारी केन्द्रीय समितिको बैठक अध्यक्ष वैद्यले स्थगित गरेका छन् । वैद्यले तत्काल पार्टी एकता नगर्ने संकेत गरेपछि महासचिव रामबहादुर थापा बादल र प्रचण्डबीच एकताको विषयमा कुराकानी भइरहेको बताइएको छ ।

जनयुद्धकालीन मुद्दासँगै पार्टी एकीकरणको बारेमा पछि छलफल हुने एमाओवादीका एक नेताले बताएका छन् ।

जनयुद्धकालीन मुद्दाले नयाँ शक्तिमा रहेका डा. बाबुरामलाई समेत तान्ने हुँदा उनले आफ्नो प्रतिनिधिको रूपमा पत्नी हिसिलालाई बैठकमा पठाएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ