यसरी बिहे गरे कसो होला ?

यसरी बिहे गरे कसो होला ?

  • बुधबार, बैशाख ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

बैशाख ८ काठमाण्डौं । बर बधु र सबै उपस्थित सहभागी या भनौ परपाहुना या जन्ती सबैको आखा चिम्म छ । ओम भन्दैछन् । सबै एवं प्रकारले योगका विभिन्न चरणहरु पार गरिदैछ ।
यो कोटेश्वर स्थित महादेव मन्दिर परिसरमा बुधबार भएको एक विवाह समारोहको दृष्य हो ।
वश्व दर्शन अभियान नेपालका महासचिव भोजपुर तिवारी भञ्ज्याङका नारायण भट्टराई र भक्तपुर चांगु नारायणकी कविता ढुंगानाको यस्तो यौगिक बिबाह सम्पन्न भएको हो ।


उनीहरुको बैबाहिक जीवनमा ठूलो सुन , हिरा र रंगरोगन भन्दा पनि साधारण आशिर्वाद शुभकामना र विश्व दर्शन अभियानका लागि सहयोग घोषणा भएको थियो ।
बर बधुको तर्फबाट रु एक लाख विश्व दर्शन अभियान र यसले खोल्न लागेको आश्रमका लागि सहयोग हस्तान्तरण गरेका थिए ।
यो वैबाहिक समारोह निकै आदर्शपरक भएको प्रतिकृया सहभागीहरुले दिए ।


अहिले विद्यमान तडक भडक सहित लाखौं खर्च गर्ने संस्कार बढिरहेका बेला कम खर्चमा र सामान्य यौगिक परम्परामा विवाह हुनु सकारात्मक कुरा हुने तर्क सहभागीहरुको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी